Nic Ad Nic Ad
Nic Ad Nic Ad

०४७ को संविधानसँगै जन्मिएको बालेन राजनीतिको घतलाग्दो अर्थ

सोमबार, कात्तिक २७, २०८०

काठमाडौंस्थानीय तहको निर्वाचनअघिलौरो चुनाव चिन्ह लिएर काठमाडौं महानगरको प्रमुखको उम्मेदवार रहँदा बालेन साहले जित निकाल्छन् भन्ने वैचारिक मानसिकतामा थिइँन म। कांग्रेस या एमाले यी दुई राजनीतिक दलका उम्मेदवार नै एकअर्काका विकल्प बन्न सक्छन् भन्ने अड्कलबाजी वा अनुमान गरिन्थ्यो।

राजनीति रिपोर्टिङमा बढी केन्द्रित हुँदा अनुमानहरू खेर जाँदैन थिए। तर, कतिपय अनुमानहरूको अवसान पनि एउटा सुनौलो भविष्यको अथवा भनौं, निराशाहरूको चाङ चिरेर उदाइरहेको दियो जस्तो हुने रहेछ।

कोही पनि बच्चाले आफ्नो भविष्यको अबोध चाहना राजनीतिज्ञ बन्छु भन्ने राख्दैन। अथवा, त्यस्तो खराब समय कि, उसको अभिभावकले नै राजनीतिज्ञ बन्नुपर्छ भन्ने आशा जगाउँदैन।

तर कतिपय व्यक्ति, व्यक्तित्व तिनले गर्न खोजेका काम, तिनको परिकल्पनाको रेखाङ्कनको यात्रालेचाहिँ राजनीतिज्ञ बन भन्नका लागि प्रेरित गर्ने रहेछ। ति व्यक्ति बालेन हुन् भन्ने निचोडमा पुग्न बाँकी रहे पनि पुग्न सकिन्छ भन्ने प्रक्षेपण स्वभाविक हो।

राजनीति दल, तिनको कुर्सी केन्द्रीय सत्तादेखि तल्लो तहसम्म ०४७ पछि हत्याएर अहंकारी आचरणसहित लोकतन्त्रको माला मात्र जपिरहेको बुढापाका पुस्ताका हिरण्य कश्यपुहरूबीच, प्रल्हादहरूको जन्म स्वभाविक हुन्छ भन्ने पौराणिक मान्यताहरू नै छन्। यहि उपक्रमको एक पात्र जस्तो देखिन्छन् बालेन। बेलामौका उनका अभिव्यक्ति विवादमा आए पनि उनले काठमाडौं महानगरमा सुरु गरेका परिवर्तनका, विकासका सहरीय सौन्दर्यतासहित शासकीय व्यवाहारिक विषयका अगाडि साना झिना मसिना विवादलाई गौणमा राख्नु उपयुक्त हुन्छ।

मधेसी मूलमा जन्मिएको, नेवारी समुदायमा हुर्किएको, नेपालीपनको अर्थ बोकेको आजको पुस्ताका लागि हिपहप संगीतलाई चिनेको, निर्माणका लागि इन्जिनियरिङ गरेको, राजनीतिको शल्यक्रिया गरिरहेको बालेन राजनीतिको घतलाग्दो पक्ष भनेकैआशा हो। जसले आजको पुस्तालाई श्रमका लागि विदेश जाने हुटहुटी, अध्ययनका लागि युरोप अमेरिका छिर्ने रहर छाडेर परिवर्तनका निम्तिराजनीतिको रानीपोखरीमा पौडी खेल्नै पर्ने रहेछ भन्ने आशा दिन्छ। भरोसा दिइरहेको भविष्यप्रति नयाँ पुस्तालाई घोत्लिएर निराशाको किनारादेखि अलग बनाउन प्रेरित गरिरहेको छ।

बालेनसँग राजनीतिको सिद्धान्त छैन, उनीसित छैनबडे बडेमानका दार्शनिकहरूको तस्बिर झुन्ड्याउने मोफतका हाँकसहितका गफ दिने शैली। उनीसँग मौलिक राजनीति इतिहासको मान्यता मात्र छ।

एउटा देशप्रतिको अगाध माया , कसैले होच्याउँदा सहन सक्तैनन्। , आफ्नो कामको सीमाभित्र रहेर प्रतिक्रिया पनि दिन्छन्। अनि, काम गरेर प्रतिनिधि कस्तो हुने भन्ने उदाहरण पेश गर्छन्। अहिले सुरुआती चरणमा रहेका बालेन केन्द्रीय सत्ताको निर्णयमा होइन, जनताको पक्षमा हुने काममा हुन्छन्। यदाकदा सकारात्मक परिणामका लागि लिने बाटो निर्मम जस्तो देखिएला तर बालेनको विकासवादी उडानले राजनीतिमा आउन नयाँ पुस्तालाई हौसाउनेछ, पुलकित बनाइरहेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्