राष्ट्रपति पौडेलले गरे गाईको पूजा

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले गाईको पूजा गरेका छन् । राष्ट्रपति पौडेलले शीतल निवासमा आज विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन् ।

आज (सोमबार) तिहारको तेस्रो दिन कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ ।

यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन गोरुपूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्