जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं - जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यस यता त्यहाँ निरन्तर भूकम्प गइरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्