टिभिएस ‘महा–एक्सचेन्ज महोत्सव’मा बम्पर उपहार

बुधबार, कात्तिक २२, २०८०

काठमाडौँ– जगदम्बा मोटर्सले टिभिएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । 

नेपालको लागि टिभिएस् स्कुटर र मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सको राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ । 

‘ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टिभिएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ ।  सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ,’ शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, ‘हाम्रा अमूल्य ग्राहकहरूका लागि उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारी साधनहरू र अपग्रेडहरू ल्याउने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ ।’

टिभिएस एनटर्क ड्रममा ९.४ पीएस पावर सहितको बलियो १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको कम्पनिले जनाएको छ । कम्पनिका अनुसार स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुथ र सहज हुनेछ । ‘टि’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्दछ । 

ठूला १२ इन्चका टायरहरुले एनटर्क १२५ ड्रम भेरियन्टमा आरामदायी र सुरक्षित सवारी सुनिश्चित गर्दै सडकमा स्थिरता र ग्रिप प्रदान गर्दछ । सााथै, ‘ब्याटविङ–स्टाइल’को ‘डेटाइम लाइट’ले स्कूटरलाई फरक बनाउनुका साथैसुरक्षित राइड प्रोत्साहन गर्ने कम्पनिको भनाई छ । टिभिएस एनटर्क ड्रम रेडको मूल्य रु. २ लाख ३५ हजार ९ सय रहेको छ । 

TVS_scooter-red-price1-1699451156.jpg

काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको टिभिएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ । यस महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा ५० हजारको थप एक्सचेन्ज भ्यालु पाउने कम्पनिले जनाएको छ । साथै, महोत्सवमा शुन्य प्रतिशत ब्याजदरमा २५% सम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ । टिभिएसका ग्राहकले हेल्मेट, बाइक कभर र ब्याग पनि निशुल्क रुपमा प्राप्त गर्न सकिने छ । त्यस्तै, महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सकिनेछ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्