कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा लम्साल

सोमबार, कात्तिक २०, २०८०

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गरेका छन् ।

नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेशसभाको सचिवालयमा आज आफैँ उपस्थित भई प्रमुख सचेतक पदमा नियुक्त भएको दलको जानकारी पत्र सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

कांग्रेस संसदीय दलका नेता लामाले प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन लगत्तै गठन भएको प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य कुन्दनराज काफ्लेलाई नियुक्त गरेका थिए ।

सचेतक काफ्लेले केही हप्ताअघि मात्र कांग्रेस संसदीय दलका नेता लामालाई राजीनामा पत्र बुझाएपछि सो प्रमुख सचेतक पद रिक्त भएको थियो ।

नवनियुक्त प्रमुख सचेतक लम्साललाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधान बमोजिम प्रमुख सचेतकमा नियुक्ति गरेको उक्त दलका नेता लामाले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्