दुर्गा प्रसाईँ प्रहरी निगरानीमा, साईबर ब्युरोले सम्झाएर पठायो

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं– विवादित अभिव्यक्ति दिने तथा राजावादी अभियान चलाइरहेका मेडिकल ब्यावसायी दुर्गा प्रसाईं प्रहरीको निगरानीमा परेका छन्।

विभिन्न युट्युवदेखि सामाजिक सञ्जाल र टेलिभिजनमा राजनीतिक दल र नेताविरुद्ध बोल्ने प्रसाईँलाई प्रहरीको साइबर ब्युरोले सचेत गराएर फर्काएको छ।

प्रसाईं आइतबार भोटाहिटीस्थित ब्युरोको कार्यालयमा पुगेका थिए । प्रसाईले केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा अवैध लगानी भएको आरोप लगाएका थिए।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताबारे पनि उनले विवादीत टिप्पणी गर्दै आइरहेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्