गायक सुगम पोखरेलले दर्शकलाई हाने माइकको झटारो, कारण यस्तो थियो

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं– सांगितिक कार्यक्रमका लागि अस्ट्रेलियाको एडिलेडमा पुगेका गायक सुगम पोखरेलले कार्यक्रममा उपस्थित एक दर्शकलाई माइकको झटारो हानेका छन्।

नशामा चुर रहेका उनले गाउने क्रममा मौन धारण आग्रह गर्दा नमानेका दर्शकलाई माइकको झटारो हानेको प्रत्यक्षदर्शीले बताएका छन्। उक्त भिडिओ समेत सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ।

कन्सर्टकका क्रममा गायक पोखरेलले गरेको उक्त हर्कत सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ। उनी पहिलो पटक अस्ट्रेलिया पुगेको जानकारी कन्सर्टका क्रममा नै दिएका छन्।

नेपालमा भूकम्पमा परी मृत्यु हुनेका लागि मौन धारण गर्न पटक पटक अनुरोध गर्छन् । मौन धारणमा दर्शकले खासै चासो नदिएपछि उनले स्टेजबाट ओर्लिएर एक दर्शकलाई माइकको झटारो हानेका हुन्।

उनको आलोचना बढेपछि सामाजिक सञ्जालमा लाइभमार्फत नेपाली समाज संवेदनाहीन भइरहेको हो र ? भनेर प्रश्न गरेका छन् ।

उनले भनेका छन्,‘कसैको नेपाली मनलाई चित्त दुखाए भने क्षमा चाहन्छु । जहिले पनि नेपाली सङ्गीतको सेवा गर्नेछु ।’

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्