५ सय बर्षपछि पश्चिम नेपालमा ठूला भूकम्पः मानवीय क्षतिको विवरण बढ्यो, जोखिम कायमै

आइतबार, कात्तिक १९, २०८०

काठमाडौंपश्चिम नेपालको जाँजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको ठूलो भूकम्पका कारण मानवयी क्षतिको विवराण् संकलनको काम जारी छन्।

एकातिर भूकम्प प्रभावित र पीडितको उद्दा र राहतका लागि काम भइरहेका छन् भने विवरण संकलनको काम पनि जारी राखिएको उच्च अधिकारीहरूले बताएका छन्।

सरकारले घाइतेको उपचार निशुल्क गर्ने निर्णय गरिसकेको छ।

गोरखाको बारपाक केन्द्रविन्दु पारी ०७२ सालमा गएको भूकम्पपछिको यो ठूलो मानवीय क्षति भएको हो। अझ जोखिम कायम रहेको बताइन्छ।

पश्चिम नेपालमा ५ सय बर्षपछि ठूलो भूकम्प र पराकम्पन गइरहेको का छन्। यसअघि डोटीलाई केन्द्रविन्दु बनाई मानवयी क्षति हुनेगरी भूकम्प गएको थियो।

शताब्दियौँदेखि सञ्चित ऊर्जा निष्कासनका लागि त्यो पर्याप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो। अहिलेको भूकम्प पनि यहि प्रकारको रहेको विश्लेषण गरिएको छ।

पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि भएको थिएन।

सन् १५०५ मा त्यस भेगमा ठूलो भूकम्प गएपछिको पाँच शताब्दीभन्दा लामो समय अर्को मुख्य भूकम्प गएको थिएन। डोटीबाट यो उपक्रम चलेको बताइन्छ।

एकजना भूकम्पविद् लोकविजय अधिकारीले बुधवारको कम्पनबाट जमिनमुनिको शक्ति घटेको रूपमा नभई त्यस क्षेत्रमा भूकम्पको उच्च जोखिम कायमै रहेको स्मरण गराएको रूपमा बुझ्नुपर्ने बताएका थिए।

पाँच सय वर्षअघिको उक्त महाभूकम्प ८.१, ८.४ र ७.८ म्याग्निट्यूडका रहेको र त्यसको असर भारत र तिब्बतसम्म परेका विवरणहरू पाइन्छन्।

६.६ म्याग्निट्यूडको बुधवारको भूकम्प लामो समय निष्कासन नभएको शक्तिका लागि निकै सानो हुने भूगर्भ अधिकारीहरूले बताएका थिए।

२०७२ सालको भूकम्पको दरारहरू पोखराभन्दा पश्चिमतर्फ नदेखिएकाले त्यस भूकम्पपछि पश्चिम नेपाल सुरक्षित बनेको सोच्न नमिल्ने भूकम्पविद बताउँछन्।

गोरखा भूकम्पबारे पीएचडी समेत गरेका एकजना भुकम्पविद लोकविजय अधिकारीले ८ म्याग्निट्यूडको भूकम्प जानसक्ने भनिएको ठाउँमा गएको यस भूकम्प निकै नै कमजोर रहेको बताएका थिए।

६ म्याग्निट्यूडबाट ८ म्याग्निट्यूडमा भूकम्प पुग्नका लागि एक हजार गुणा धेरै शक्ति आवश्यक पर्ने अध्येताको भनाई छन्। 

मध्य नेपालमा २०७२ सालमा गएको भूकम्पपछि हालसम्म ५६ हजारभन्दा धेरै परकम्प महसुस गरिएको सरकारी विवरण छ।

जाजरकोट र रुकुमपश्चिममा मात्र मृतकको संख्या १५७ पुगिसकेको छ भने झन्डै ४ सयको हाराहारीमा घाइतेको विवरण सार्वजनिक भइसकेको छ।

यसअघि पनि नेपालमा ठूला भूकम्प गएका थिए।

विसं १९९० मा गएको महाभूकम्प अहिलेको आधुनिक मापन पद्धतिमा ८.० म्याग्निच्युड जति भएको आकलन गरिएको छ।

तर पहिला गएका ठूला भूकम्पबारे वैज्ञानिक तथ्याङ्क सहज रूपमा पाउन नसकिने हुनाले तिनको अध्ययन जटिल हुन्छ।

उच्च भूकम्पीय जोखिम भएको हिमालय क्षेत्रकै एउटा खण्डमा गएको हुनाले तीन वर्षअघिको भूकम्प अपेक्षित नै रहेको मानिन्छ। तर पश्चिम नेपालका गएका भूकम्पको भने गोरखा केन्द्रविन्दु बनाएर आठ बर्षअघि गएकोसँग कुनै साइनो नभएको पनि दाबी गरिएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्