नेपाली सेनामा भर्ना खुल्यो, २२९ सहायक सेनानी माग

शुक्रबार, कात्तिक १७, २०८०

काठमाडौँ - नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ।

शुक्रबार सूचना जारी गर्दै सेनाले अधिकृत क्याडेटको सेनानी पदमा विज्ञापन आह्वान गरेको हो । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न लागिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ ।

जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ । 

हेर्नुस् विज्ञापन :

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्