Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारामा गोली हानी स्कुल प्रिन्सिपल सर्राफको हत्या, हत्यारा समूहको खोजीमा प्रहरी

सोमबार, कात्तिक १३, २०८०

बाराबाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सञ्चालक रुपेश सर्राफको मोटरसाइकलमा आएको दुई जनाको समूहले गोली हानी हत्या गरेको छ।

अज्ञात समूहको गोली लागेर घाइते भएका सर्राफको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो।

सोमबार दिउँसो कलैया निवासी सर्राफमाथि उक्त समूहले छाती र घाँटीमा २ राउण्ड गोली प्रहार गरेको थियो। बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको थियो।

गोली प्रहार भएपछि उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको र त्यहाबाट बयोधा अस्पताल लगिएको थियो।

घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले बताए।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्