नेपाली सेना

सेनाको ४५औं प्रधानसेनापतिको लाइनमा पाण्डे, बढुवाको प्रक्रिया अगाडि बढ्यो

मंगलबार, असोज ३०, २०८०

काठमाडौंनेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको उत्तराधिकारीका रुपमा ताराध्वज पाण्डेको बढुवा प्रक्रिया थालिएको छ।

सेनाको बढुवा समितिले पाण्डेलाई उपरथीबाट रथी बढुवामा सिफारिस गरेको सैनिक स्रोतले जनाएको छ।

प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषदले उनलाई बढुवा गर्न सक्छ। पाण्डे हाल सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख छन्।

नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको रथी पदमा बढुवा सिफारिसको लागि पाण्डेलाई सिफारिस गरिएको उल्लेख छ।

प्रधानसेनापति पदका लागि उनी सिनियर रथी हुने सम्भावना रहेको छ। शर्माको आगामी भदौमा पदावधि सकिनेछ।

हाल दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी सरोजप्रताप राणा कात्तिक १२ गतेबाट सेवानिवृत्त हुँदै छन्। राणा विदामा बसीसकेका छन्। अर्का रथी सीताराम खड्का आगामी पुस मा अवकासमा जाँदै छन्।

प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा वर्षे कार्यकाल पूरा गरेर अवकास पाउनेछन्। त्यसपछि नेपाली सेनाको ४५ औं प्रधानसेनापति पाण्डे बन्न सक्नेछन्। अर्का रथीमा अशोक सिग्देलको बढुवा हुने भए पनि उनी पाण्डेभन्दा जुनियर हुनेछन्।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्