Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस वर्षको अध्यात्म साधना पुरस्कार डा स्वामी आत्मानन्दलाई

सोमबार, असोज २९, २०८०

काठमाडौँ– भारती खरेल प्रतिष्ठानले यस वर्षको अध्यात्म साधनाका क्षेत्रमा प्रदान गरिने पुरस्कार अनन्त विभूषित महामण्डलेश्वर डा स्वामी आत्मानन्द गिरिजी महाराज गलेश्वर आश्रम देवघाटधामलाई समर्पण गर्ने निर्णय गरेको छ ।

आफ्नो समस्त जीवन वैदिक सनातन संस्कृति, धर्म र दर्शनको प्रचारप्रसार र सम्वद्र्धनका साथ तदनुरुप आचार र मर्यादाको पालनामा उच्च आदर्शका साथ समर्पित रहनुभएकाले उहाँलाई पुरस्कार समर्पण गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।  

भक्तिमती तथा साहित्य साधिका स्व भारती खरेलको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु ५१ हजारसहित सम्मानपत्र रहेको छ । समाजसेवी चन्द्रिकानन्द खरेल तथा गायक दीपक खरेलसहित उनका परिवारबाट विसं २०४९ मा स्थापना भएको उक्त पुरस्कार पालैपालो सहित्य साधना, समाजसेवा र  अध्यात्म साधनाका क्षेत्रमा समर्पण गरिँदै आएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार शैलेन्द्र साकारको अध्यक्षमा बसेको बैठकले गरेको निर्णयअनुसार पुरस्कार भारती खरेलको ८६औँ जन्यन्तीका अवसरमा आगामी मङ्सिर १६ गते आयोजना हुने समारोहमा समर्पण गरिनेछ । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्