नेभिगेशन
समाचार
मन्त्रिपरिषद् बैठक

परराष्ट्रमन्त्रीसहितको टोली इजरायल पठाउने सरकारको निर्णय

काठमाडौँ– सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको टोलीसहितको बिमान त्यसतर्फ पठाउने निर्णय गरेको छ ।  

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।

नेपालीलाई लिन नेपाली बिमान त्यसतर्फ बुधबार राती जाने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । नेपाल आउन चाहने मध्ये सवै भन्दा बढि विद्यार्थीहरुलाई प्राथमिकतामा राखिएको उनले बताए । बैठकले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडानमार्फत नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले बताए ।

इजरायलबाट नेपाल आउन चाहनेको विवरण सरकारले अनलाइन माध्यमबाट संकलन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार