स्थानीय तहका कर्मचारी आन्दोलन

सरकारले स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलायो

मंगलबार, असोज २३, २०८०

काठमाडौँ– सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान  गरेको हो ।

कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । 

यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् ।

याे पनि हेर्नुहाेस्

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्