मधेस आन्दोलनबाट प्राप्त उपलब्धि जोगाऔँ : अध्यक्ष श्रेष्ठ

सोमबार, असोज २२, २०८०

राजविराज– जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा मधेस आन्दोलनबाट प्राप्त परिवर्तन जोगाउनुपर्नेमा जोड दिएका छन् ।

प्रेस मञ्च सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले परिवर्तनबाट सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता उपलब्धिलाई संस्थागत गर्न सबै सजग भएर लाग्नुपर्ने बताए ।

मुलुकमा आएको परिवर्तन र उपलब्धिलाई जोगाउने जिम्मा मधेस प्रदेशकै हो भन्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले लोकतन्त्र, समतामूलक समाज निर्माण गरेर अघि बढ्नुपर्ने बताए । सङ्घीयताकै आधारमा मधेसमा मधेस प्रदेशको पहिचान गराउन आफूहरु सफल भएको दाबी उनले गरे ।

मधेसकै  विद्रोहबाट सङ्घीयता, धर्मनिरपेक्षता, पहिचानसहितको प्रदेश नामकरण गर्न सफल भएको भन्दै नेता श्रेष्ठले सङ्घीय शासनलाई स्थापित गर्न जनता समाजवादी पार्टी लागिपरेको बताए ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्