Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘कालोमोसो दस्ता’का लिडर मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई कसले दल्यो कालोमोसो?

सोमबार, असोज २२, २०८०

काठमाडौंविवादीत अभिव्यक्ति दिने गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ। काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गरी राजनीतिक दलका नेतासहित व्यावसायी र बैंक तथा बित्तिय संस्थाविरुद्ध बोलेका उनलाई निस्कने क्रममा कालोमोसो दलिएको प्रत्यक्षदर्शी पत्रकारले बताएका छन्।

samridhi jewllers

प्रसाईंले दिउँसो १ बजे पत्रकार सम्मेलन गरेका थिए। कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरूले कालोमोसो दलेका हुन्।

पछिल्लो समय उनी राजनीतिक दलको विकल्प र व्यवस्थाको विकल्पमा नै अभियानमा सक्रिय रहेका थिए। प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा लगेर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान घोषणा गरेका थिए।

प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भनेर कालोमोसो दस्ता घोषणा गरेका थिए। प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो।

प्रसाईं पछिल्लो पटक राजसंस्थाको पक्षमा वकालत गर्दै कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतामाथि आक्रामक अभिव्यक्तिमा उत्रिने गरेका थिए। उनले देशमा ५५ जना माडवारी र केही नेताले रकम भ्रष्टाचार गरी विदेशी बैंकमा राखेको दाबी पनि गरेका थिए।

उच्च स्रोतका अनुसार प्रसाईंलाई विभिन्न दलका विद्यार्थी र युवा संगठनमा रहेका सदस्यले कालोमोसो दलेको खुलेको छ। पूर्ण जानकारी अनुसन्धानका क्रममा छ, कालोमोसो दल्नेको यकिन जानकारी लिने काम भइरहेको छ, स्रोतले भन्यो।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्