नेपाली कांग्रेसको कोइराला बिरासत समाप्ती उन्मुख, देउवा दाजुभाइको कब्जामा !

बिहीबार, असोज १८, २०८०

काठमाडौँ- नेपाली कांग्रेस पार्टी बाट एउटै कोईराला परिवार को ३ - ३ जना नेपाल को प्रधानमन्त्री बनेका छन् । र, यो सम्भवत संसार मै पहिलो पल्ट हो र यहि पार्टी मा अहिले कोईराला परिवार लाई सौता को जस्तो व्यवाहार गरिन्छ ।

कृष्ण प्रसाद कोईराला का ३ पुत्र मात्रिका प्रसाद , विश्वेश्वर प्रसाद र गिरिजा प्रसाद कोईराला नेपाली कांग्रेस पार्टी बाट प्रधानमन्त्री भएका हुन् र यो पार्टी को संस्थापन मा पनि मात्रिका प्रसाद र बिपी रहेका हुन् । तर, दुख को कुरो के हो भने कांग्रेसलाई कांग्रेस बनाउन योगदान दिएको कोईराला परिवारको लागि अहिले पार्टीमा राम्रो स्थान छैन । सुन्दा अचम्म लाग्ला, कोइराला परिवार को लिगेसी धानेका शेखर कोईरालालाई अहिलेका सभापती शेर बहादुर देउवाले नेपाली कांग्रेसको पार्टी कार्यालयमा एउटा कोठा पनि दिएका थिएनन् ।

कोईराला परिवारले कार्यालय मा एउटा कोठा पाउन देउवा परिवारसंग हात जोड्नु पर्ने अवस्था आयो । सम्मान त टाढाको कुरा ।

नेपाली कांग्रेस पार्टी मा कोईराला परिवार को ईतिहास र योगदान बारे हामि सबै जानकार नै छौं । तर अहिले आएर नेपाली कांग्रेस पार्टीमा त्यहि कोईराला परिवार को कुनै सम्मान नै छैन । हुन त कोईराला परिवारको अघिल्लो पुस्ता बाट ३ जना प्रधानमन्त्री त बने तर उनीहरुले आफ्नो परिवारको दोश्रो पुस्तालाई राम्रो राजनीतिक स्कुलिंग दिएनन् भन्ने तर्कहरु नआएको भने होईन । र, यो तितो सत्य पनि हो किनकि अहिले पनि कोईराला परिवारका लिगेसी बोक्ने शेखर कोईराला, ससांक कोईराला र सुजाता कोईराला नै आफुहरु मिलेर अघि बढ्न सकेका छैनन् ।

एकजना उठ्दा अर्को ले सहयोग नगर्ने जस्तो गरेपछि सधै कोईराला परिवारले राज गर्न त सक्दैनन् । र फेरी स्मरण रहोस कि प्रचण्ड को छोरी गंगा दाहाल स्वकीय सचिव भएको जस्तो वा शेर बहादुर देउवाले आफ्नो श्रीमती डा आरजु देउवा लाई कांग्रेस को सभापती बनाउन राजनीति गरे जस्तो कोईराला परिवारका ३ जना एक अर्काको कृपाले प्रधानमन्त्री भएका होईनन् ।

मात्रिका, बिपी र गिरिजा कोईराला दाजुको कृपाले भन्दा पनि पार्टीमा योगदान र जनताको साथ र भोटले नै प्रधानमन्त्री भएका हुन् । यी ३ हुँदा सम्म नातावाद कृपावाद को ट्याग सुनिदैन थियो ।

त्यो विरासत कोईराला परिवारको अहिलेको पुस्ताले बुझेनन् र आफु हरु टुक्रिदा कोईराला परिवारले हार्न पुगेका हुन् । अब मुख्य विषय मा प्रवेश गरौँ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापती पदको लागि कोईराला परिवारको लिगेसी धान्न शेखर कोईरालाले तत्कालिन सभापती शेर बहादुर देउवा विरुद्द उमेद्वार दिएका थिए । अहिले कांग्रेस भित्र पनि यहि दुई गुट छ ।

शेर बहादुर देउवाले सेखर कोईराल लाई सभापती मा पराजित गरेका थिए । अहिले कांग्रेसमा शेखरको एउटा गुट र देउवाको अर्को गुट छ । सबै सदस्यहरु यी दुई मै बाडिएका छन् । सभापतीको निर्वाचनमा पराजित भएपनि राम्रो भोट ल्याएको र कांग्रेसमा राम्रो पकड भएका नेता हुन् शेखर कोईराला । र १५ औं महाधिवेसनमा पनि सभापतीको मुख्या दाबेदार हुन् ।

सस्थापन र इतर पक्ष भनेर चिनिने कांग्रेसमा इतर पक्षको पनि मुख्य भूमिका रहने गर्दछ । तर सभापती देउवाले इतर पक्षका मुख्य नेता शेखर कोईरालालाई पार्टी कार्यालयमा एउटा कोठासमेत दिएका थिएनन् । शेखर कोईराला आफ्नै बुवाखालले बनाएको पार्टीमा र आफु इतर पक्ष भएर पार्टी सुधार्न लागेको बेला पार्टी कार्यालय पुग्दा बसेर छलफल गर्ने कोठा हुदैन थियो । कहिले हलमा वा मिटिङ्ग कक्षमा नै गफ गर्न पर्थ्यो । नत्र विशेष कोठा नै हुदैन थियो । यसो हेर्दा कांग्रेस पार्टी शेर बहादुर देउवा एण्ड कम्पनि झैँ देखिन्थ्यो जहान इतर पक्षलाई हेला गरे झैँ हुन्थ्यो । डा शेखर कोईराला जो सरल र लोभ नभएको व्यक्ति पनि हुन् ।

उनि आफै भन्छन , "म झुट बोलेर, लोभी भएर वा परिवारलाई व्यवस्थापन गर्न राजनीति गरेको हैन । कांग्रेस पार्टी खस्किदो अवस्थामा कोइराला परिवारको योगदान रहेको कारण फेरी मैले लोभ नराखी पार्टीलाई राम्रो बनाउन सक्छु भनेर लागिरहेको छु ।" यी शेखर कोईरालाले आफ्नो लागि एउटा छलफल गर्न कोठा पनि कसरी माग्न नै सक्थे ।

यो देखेर शेखर कोईरालाको पक्षका सांसद डा सुनिल शर्माले सभापती शेर बहादुर देउवाको श्रीमती डा आरजु रानालाई भेटेर नै बिन्ति गर्दै शेखर कोईरालाको लागि एउटा कोठा उपलब्ध गराउन आग्रह गरेका थिए । सुनिल शर्माले आरजु रानालाई लगनखेल तिर भेट गर्दै भनेका थिए, "भाउजु अहिले शेर बहादुर दाई सभापती हुनुहुन्छ तर कांग्रेस पार्टीमा कोईराला परिवारको योगदान बिर्सन त भएन नि ।

अहिले कोईराला परिवारको सम्मान नै सहि इतर पक्षका शिर्ष नेता र हाम्रो लिडर सेखर कोईरालालाई पार्टी कार्यालयमा बस्न एउटा कोठा व्यवस्था गर्दिन पर्यो । यो मेरो आग्रह हो भाउजु ।" सुनिल शर्माले हात जोड्दै भनेपछि डा आरजु रानाले म दाईसंग कुरा गर्छु र कोठा मिलाउछु भनेकी थिइन् । सुनिल शर्माले आग्रह गरेको एक हप्ता पछि सेखर कोईरालाको लागि पार्टी कार्यालयमा एउटा कोठाको व्यवस्थापन भएको थियो । सांसद सुनिल शर्माका अनुसार यो बारेमा सेखर कोईरालालाई सायदै थाहा होला किनकि आफैलाई नमज्जा लागेर मैले हात जोडेर नै बिन्ति गरेको हुँ ।

डा सुनिल शर्माले भने , "अहिले कांग्रेस पार्टी शेर बहादुर देउवा एण्ड कम्पनि जस्तो भएको छ, तर कोईराला परिवारको सम्मान त गर्न पर्यो नि । अझै सेखर कोईराला भनेको न लोभी नै हुन् र ईतर पक्षका नेता हुन् । उहाँ कहिले यता कहिले उता बसेर छलफल गरेको देख्न सकिन त्यसैले मैले आग्रह गरेको थिए । र मेरो आग्रह भाउजुमार्फत शेर बहादुर दाईले स्वीकार गरिदिनुभएकोमा धन्यवाद ।" नेपाली कांग्रेस पार्टी मा कस्तो अवस्था छ भनेर यो एउटा चित्र मात्र हो । अझै अर्का डाक्टर अमरेश कुमार सिंह को कुरा सुन्ने हो भने त कांग्रेस पार्टीमा देउवा गुटले कम्न्युष्टिकरण गरेको समेत आरोप लाएका छन् ।

शेर बहादुर देउवा र भाउजुको गुणगान गाएमात्र राम्रो हुन्छ नत्र पार्टीमा अस्तित्त्व हुन्न त्यसैले आफुले पार्टी छोडेको आरोप सांसद सिंहको रहेको छ । महामन्त्री गगन थापादेखि विश्वप्रकाश शर्मा समेत खुलेर विरोध गर्न सक्दैनन् । अहिलेको अर्थमन्त्री डा प्रकाश शरण महत चुनाव मा हार्छु भनेर समानुपातिकमा घुसेको सांसद हुन् । उनीभन्दा योग्य सांसद हुँदा–हुँदै शेर बहादुर देउवाले आफ्नो निकटलाई अर्थमन्त्री जस्तो पद दिएकोमा सबैलाई चित्त बुझेको थिएन तर बोल्ने कसले ? बिपी कोईराला को सान बोकेको कांग्रेस पार्टी देउवाकरण हुँदा यसको सान घट्दो रहेको आरोप इतर पक्षको रहेको छ ।

कांग्रेस पार्टी मै राम्रो सम्भावना नदेखेकोले पनि त होला अहिले स्वर्णिम वाग्लेसंगै हजारौं युवा र सम्भावना बोकेका नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दैछन् ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्