१९ औँ एसियाली खेलकुद

एसियाली खेलकुद : भारतसँग नेपाल २३ रनले पराजित

मंगलबार, असोज १६, २०८०

काठमाडौं -  १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

२ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन जोड्यो ।

हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।

पराजित भए पनि नेपालले भारतलाई कडा चुनौती दिएको थियो । जवाफी ब्याटिङका क्रममा नेपालका ब्याटरले सानदार ब्याटिङ गरेका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी ३२ रन बनाए । १५ बल खेलेका उनले चार छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २९ रन बनाए । १२ बल खेलेका उनले तीन छक्का र एक चौका प्रहार गरे ।

कुशल भुर्तेल २८, कुशल मल्ल २९ र आसिफ शेख १० रन बनाएर आउट भए ।  कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके।

भारतका लागि आवेश खान र रवि विष्णोईले समान तीन/तीन विकेट लिए । यस्तै अर्शदीप सिंहले दुई विकेट लिए । साई किशोरले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्