Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभियन्ता ईः र काठमाडौँ महानगरबीच ४ बुँदे सहमति

बुधबार, असोज १०, २०८०

काठमाडौँ– फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच चार बुँदे सहमति भएको छ ।

बुधबार साँझ अभियन्ता ईः र महानगरका प्रतिनिधिबीच कानुनले निषेध गरेका ठाउँ बाहेकमा व्यापार गर्न दिने शर्तसहित चार बुँदे सहमति भएको हो । सहमतिपछि अभियन्ता ईः को आन्दोलन स्थगित हुने भएको छ ।

मंगलबार (हिजो) ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण र महानगरका तर्फबाट नविन मानन्धरको नेतृत्वमा ५/५ सदस्यीय वार्ता टोलीले चार बुँदे सहमतिमा छलफल गरेका थिए । तर, सहमतिको खाकामा काठमाडौंका मेयर बालेन शाहले संशोधन गरेर तोकिएका स्थानका नाम हटाएका थिए । चार बुँदे सहमतिमा मेयर बालेनले संशोधन गरेपपछि वार्ता बिथोलिएको थियो ।

बुधबार (आज) फेरि चौथो बुँदामा केन्द्रित रहेर महानगर र अभियन्ता ईः पक्षबीच छलफल भएको थियो । चौथो बुँदाको तेस्रो शंशोधनमा पनि स्थान तोकिएको छैन । आज भएको सहमतिको खाकामा लेखिएको छ, ‘साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।’

sahamati1695831337.jpg

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २१:५५
प्रतिक्रिया दिनुहोस्