अभियन्ता ईः र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

मंगलबार, असोज ९, २०८०

काठमाडौँ– अभियन्ता ईः अर्थात् इशान अधिकारीको समूह र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको आजको वार्ता निष्कर्षविहीन भएको हो।   

वार्तामा एक सहभागीका अनुसार तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको हो ।

सोमबार (हिजो) मेयर बालेन शाहले उनलाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईः ले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए । त्यसपछि नगर प्रहरीमार्फत तत्काल आउने भए मात्र वार्ता हुने भन्दै सन्देश पठाइएपछि मेयर र अभियन्ताबीच आरोप–प्रत्यारोप भएको थियो ।

deputy-1695701970-1024x7681695707459.jpg

आजको वार्तामा मेयर बालेन साह बसेनन् । मेयर बालेन वार्तामा नबस्नुले उनलाई वास्ता नभएको ठहर्छ ।  फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका थिए ।

उपमेयर सुनिता डंगोलले मंगलबार बिहान अभियन्ता ईःलाई भेटेकी थिइन् । सोमबार मात्र मेयर बालेन साहले वार्ता तत्काल नगर्ने प्रकारको संकेतसहित धारणा सार्वजनिक गरे पनि उपमेयर डंगोलको पहलमा आज नै वार्ता भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्