अर्थतन्त्रमा सुधार आएको भनेर सरकारले ढाँट्यो : अध्यक्ष ओली

मंगलबार, असोज ९, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको निजी क्षेत्रसंग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका हुन् ।

कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपनि नेपालको अर्थतन्त्र झन् ओरालो लाग्नु चिन्ताको बिषय भएको उनले बताए । उनले अर्थतन्त्रमा देखिएको असर व्यवसायीहरुमाथि पनि देखिदा पनि व्यवसायीहरुको समस्यामा सरकारले कुनै चासो नदेखिएको जिकिर गरे ।

मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ ढकेल्ने गरि बजेट ल्याउदा केहि व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफुलाई आश्चर्य लागेको उनले बताए ।

अध्यक्ष ओलीले मुलुकमा धेरै समस्या आउदा पनि सरकार बिभिन्न प्रकरण चलाउदै कमिशनको चक्करमा लागेको आरोप लगाए । उनले सुनतस्करी प्रकरणमा भरिया नभएर लगानी गर्ने वास्तविक मालिकको खोजि गर्नुपर्ने धारणा राखे ।

ओलीले व्यवसायीहरुको समस्याका बारेमा आफुले राष्ट्र बैंक लगायत सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिवद्धता जनाए ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार