कोशी प्रदेश सरकार पुनः विस्तार, मन्त्रीमण्डल ९ सदस्यीय पुग्यो

सोमबार, असोज ८, २०८०

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः सरकार विस्तार गरेका छन् ।

गत भदौ २२ गते सरकार गठन गरिएको थियो । तत्कालिन ५ सदस्यीय मन्त्रीमण्डलमा २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरी ९ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ  । 

सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री बन्नुभएको छ भने लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । यस्तै, रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्