राष्ट्रियता बलियो बनाएर मात्रै मुलुक समृद्ध बनाउन सकिन्छ : राष्ट्रपति पौडेल

सोमबार, असोज ८, २०८०

जनकपुरधाम– राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई मिलाएर अघि बढाउनुको बिकल्प नभएको बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियतालाई बलियो बनाउन देशलाई मिलाएर अघि बढाउनुको बिकल्प नभएको बताएका हुन् ।

राष्ट्रियतालाई बलियो बनाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उनले बताए । संघ, प्रदेश र स्थानीय तहको अधिकार नमिलेको भन्दै उनले यसलाई मिलाउन राजनीति दलहरू गम्भीर हुनुपर्ने धारणा राखे । जनताको ठूलो बलिदानबाट प्राप्त भएको सङ्घीयतालाई मजबुत बनाउन आवश्यक पर्ने कानूनको निर्माणमा ढिलाइ हुन नहुने उनले बताए ।

उनले आफूले सबै धर्म, संस्कृति तथा परम्पराप्रति उत्तिकै सम्मान गरेर पदको गरिमा बढाउने प्रयास गरेको उल्लेख गरुे । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई जनकपुरधाम बासीको तर्फबाट नागरिक अभिनन्दन गरेको थियो । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार