Nic Ad Nic Ad
Nic Ad Nic Ad

हङकङमा जेएन ज्ञवालीको दोहोरो चरित्र

शुक्रबार, असोज ५, २०८०

हङकङ - गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका संस्थापक कोषाध्यक्ष जेएन ज्ञवाली (जगनाथ) ले ‘एनआरएनएभित्र दोहोरो चरित्र’ देखाएका छन्।

उनको दोधारे चरित्र र भडुवा प्रवृत्ति देखेर एनआरएनए हङकङका अभियन्ताहरू दिक्क छन्।

पूर्वआइसीसी सदस्य समेत रहेका ज्ञवाली अहिले शेष घलेको समूहमा सक्रिय छन्।

तर, ज्ञवालीले आफू संस्थापन खेमामै रहेको देखाउन अनेकौँ नाटक मञ्चन गरिरहन्छन्। ज्ञवालीको दोहोरो भूमिका र एनआरएनए हङकङभित्र खेल्दै आएको कित्ताकाटको राजनीतिले उनी आफै कमजोर हुँदै गएका छन्।

एनआरएनएमा दोहोरो भूमिका खेलिरहेका उनीमाथि संस्था बिर्गान लागिपरेको नेपाली समुदायको गुनासो छ।

आफू मात्र होइन उनी हिजोआज एउटा सानो झुण्ड बनाएर एनआरएनए हङकङबारे बनावटी र नराम्रो सन्देश फैलाउन तल्लिन रहेको जोर्डनस्थित एक नेपालीले बताएका छन्।

‘यता पनि ठिक्क उता पनि ठिक्क। उहाँ गलत प्रवृत्तिको मान्छे हुनुहुँदो रहेछ,’ उनले भने, ‘पुरानो मान्छे भएर संस्थालाई एक ढिक्का बनाउन पो भूमिका खेल्नुपर्छ। उहाँले त दोहोरो चरित्र देखाउनु भएको छ।’

संघको दशौं महाधिवेशनताका लाखौँ गैरआवासीय नेपालीहरू जोडिएको साझा संस्थालाई आफूअनुकूल भनेजस्तो नभएपछि शेष घलेले निकटका केही व्यक्तिहरूलाई लिएर छुट्टै एनआरएनएको घोषणा गरेका थिए।

नेपाल सरकारले घले समूहलाई कानूनी मान्यता दिएको छैन। घले समूहले ‘अवैध’ ढंगले एनआरएनएको नाम र लोगो दुरुपयोग गर्दै विदेशका नेपालीहरू माझ आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ।

घले समूहमा हङकङबाट पूर्वअध्यक्ष त्रिलोक गुरुङ, दुर्गाबहादुर गुरुङ, ललित सुब्बा र पूर्वआइसीसी सदस्य दिलीप सिंह गुरुङलगायतका व्यक्ति छन्।

केहीदिन अघि उनीहरूले ‘गैरआवासीय नेपाली सद्भावना भेटघाट’को नाममा एउटा कार्यक्रम राखेका थिए। सोही कार्यक्रममा ज्ञवाली पनि सहभागी थिए।

ज्ञवालीले पूर्व कार्यसमिति सदस्य राजेन्द्र कुमार थापा, पूर्वसल्लाहकार बेदबहादुर खड्का, नुतन खड्का, सुरेन्द्रप्रसाद ढकाल र कमलप्रसाद पौडेललाई समेत जोडबल गरेर उक्त कार्यक्रम सहभागी गराएका थिए।

अहिले एनआरएनए हङकङको नेतृत्व गोकर्ण ढकालले गरेका छन्। यही कार्य समितिलाई नै आइसीसी र नेपाल सरकारले मान्यता दिएको छ। ज्ञवाली संस्थापन समूहमा पनि नजिक जस्तो देखिन खोज्छन्।

संघका पूर्वअध्यक्ष जीवा लामिछानेसँग समेत उनको फोन सम्पर्क भइरहन्छ। लामिछानेसँग उनले घले समूहका कुरा काटिरहेका छन्।

घले समूह हङकङमा कमजोर र संस्थापन पक्ष बलियो रहेको कुरा सुनाउँछन्। हङकङकमा सबै आफूले मिलाएकाले त्यत्ति ठूलो समस्या नरहेको ‘बिफ्रिङ’ गर्छन्।

हङकङमा भने उनको चरित्र दोहोरो हुन्छ। ज्ञवालीको नाम बेला–बेला हुण्डी कारोबारमा पनि जोडिदै आएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्