शिक्षकलाई कारबाही गर्ने धम्की दिएका बालेनले फेरि के लेखे ?

बुधबार, असोज ३, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विधयेकमा असहमती जनाएका छन् ।

आज सामाजिक सञ्जालमार्फत मेयर शाहले संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप रहेको भन्दै शिक्षा विधयेकमा असहमती जनाएका हुन् ।

उनले लेखेका छन्, ‘शिक्षा विधेयकमा हाम्रो नि असहमती छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १० हजार भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ ।

आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौँको शिक्षा नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छ्न्  ।’

‘संघीय तहले प्रस्तुत गर्नुपर्ने  विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप रहेको भन्दै उनले अगाडी लेखेका छन्, ‘संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु सवैंधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।’

उनले आफ्नो धारणा व्यक्त गर्दै शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अवरोध नपुर्याउन अनुरोधसमेत गरेका छन् ।  स्कुल बन्द गरेर पठन पाठनमा अवरोध पुर्याए कानुन अनुसार कारवाही हुनेसमेत उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्