संविधान दिवस

ओलीसँग खिचे नेताहरुले सेल्फी

बुधबार, असोज ३, २०८०

काठमाडौं- संविधान दिवसको अवसरमा नेकपा एमालेले शेल्फी कार्यक्रम आयोजना गरेको छ । बुधबार काठमाडौंस्थित नक्सालको नारायणचौरमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डासहित सेल्फी खिचिएको हो ।

हरेक वर्ष असोज ३ गते पर्ने संविधान दिवसलाई यस वर्ष भने राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरी मनाइएको एमालेले जनाएको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न नेताहरू सहभागी भएका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए ।

संविधान निर्माण भएर कार्यान्वयनमा आएको ८ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा सुवासचन्द्र नेम्वाङ थिए ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्