Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

माओवादी केन्द्रले नेसपा अध्यक्ष बाबुरामलाई बाइपास गरी यादवका नाममा एकता प्रस्तावको पत्र पठायो

बुधबार, असोज ३, २०८०

काठमाडौंनेकपा माओवादी केन्द्रले ३० भदौमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईलाई बाइपास गरी अर्का अध्यक्ष महिन्द्रा राय यादवलाई एकता प्रस्तावको पत्र पठाएको खुलेको छ।

samridhi jewllers

समाजवादी मोर्चा गठनका क्रममा पनि बाबुरामलाई बेवास्ता गरेको माओवादी केन्द्रले यादवमार्फत कम्युनिस्ट र समाजवादी एकीकरणको प्रस्ताव पठाएको हो। अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी उक्त पत्र पठाएका थिए।

जबकि, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा बाबुराम भट्टराईले प्रचण्डका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर २ छाडेका थिए। प्रचण्डले भने मानुषी यमी भट्टराईका लागि गोलाकार भित्रको हसियाँ हथौडाको चुनाव चिन्ह काठमाडौं७ का लागि दिएका थिए।

माओवादीले पठाएको उक्त पत्रका कारण नेसपाभित्र विवाद आउन सक्ने अनुमान गरिएको छ। के कति कारणले बाबुरामलाई बाइपास गरिएको भन्नेचाहिँ अहिलेसम्म कारण खुलेको छैन।

पत्र यस्तो छ

379319584_690642959596963_2555287636285030461_n_859NlG7VIU1695199435.jpg

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्