Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली सेनाको लिगल सेमिनार–२०८० सम्पन्‍न

मंगलबार, असोज २, २०८०

काठमाडौँ– सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवको अवसर पारेर  जंगी अड्डामा आयोजित लिगल सेमिनार–२०८० सम्पन्‍न भएको छ ।

गत आइतबार बलाध्यक्ष रथी सिताराम खड्काबाट शुभारम्भ भएको सेमिनार प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट आज समापन गरिएको हो ।

समापन समारोहमा सम्बोधन गर्दै प्रधान सेनापति महारथी  शर्माले कानून अधिकृतहरूले आफूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको परिधिमा रही सम्पादन गर्न निर्देशन दिएका छन् ।

नेपाली सेनामा कार्यरत कानून अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानून कार्यान्वयन सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार तीन दिवसीय सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्व न्यायाधीश, सेना प्राड विवाकका पूर्व प्रमुखहरू लगायतका विषयविज्ञहरुबाट सम्बद्ध विषयहरूमा प्रस्तुती दिएको थिए ।

समापन समारोहमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

nepal army legal seminar 2023_cnnepal1695133145.jpeg

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्