Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेखर समूहको भेला बालुवाटारमा ,कुन - कुन नेता सहभागी छन्?

मंगलबार, असोज २, २०८०

काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक सुरु भएको छ ।

संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा कोइरालासहित महामन्त्री गगन थापा नेताहरु दीलेन्द्रप्रसाद बडू, मिनेन्द्र रिजाल दिनेश कोइराला, सञ्जय गौतम, प्रतिमा गौतम, दिपक गिरी, गोविन्दराज पोखरेल, कृष्णचन्द्र नेपाली पोखरेल, बद्रि पाण्डे लगायत सहभागी भएका छन् ।

कांग्रेसले बिहीबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उक्त बैठकमा सहभागी हुँदा प्रस्तुत गर्ने रणनीति तय गर्न आज कोइराला पक्षले भेला डाकेको हो ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्