Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्जाईटीको ओखती बोकेर कोरिया पुगेका माओवादी केन्द्रीय सदस्य दीपशिखा प्रहरी अनुसन्धानमा

मंगलबार, असोज २, २०८०

काठमाडौंडाक्टरको प्रेस्किप्सन बिना एन्जाइटीको ओखती बोकेर दक्षिण कोरिया पुगेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा अनुसन्धानको दायरामा तानिएका छन्।

दक्षिण कोरियाली प्रहरीले उनलाई अनुसन्धान नसकेसम्म देश छाड्नका लागि रोक लगाएको छ। एक महिनाअघि उनी दक्षिण कोरिया पुगेका थिए। गत अगस्ट १० मा कोरिया गएका दीपशिखाले नेपाली राजदूत ज्योती प्याकुरेलका लागि औषधी लगिदिएका थिए।  राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ।

पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन्। तर दीपशिखाले त्यो औषधीका लागि डाक्टरको अनुमतिपत्र बोकेका थिएनन्।

इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नहुँदा त्यहाँका सुरक्षा अधिकारीले रोकेका थिए। दूतावासले उनलाई छुटाउनका लागि पहल गरे पनि कोरियाली कानुनअनुसार अनुसन्धान समाप्त नभएसम्म देश नछाड्नका लागि भनेको छ।

कोरियास्थित नेपाली दूतावास स्रोतका अनुसार कोरियाली अधिकारीहरूले अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन्। कोरियाली प्रहरी अनुसन्धानमा रहेका दीपशिखाले राहदानीलगायत सबै साथमा भए पनि अनुसन्धानमा मात्र रहेको स्वीकार गरेका छन्। परराष्ट्र मन्त्रालयलगायतले पहल गरिरहेको उनले बताए। उनी गत अगस्टको १८ तारिकदेखि अनुसन्धानमा छन्।

माओवादीको युवा दस्ता योङ कम्युनिस्ट लिग (वाइसीएल)का पूर्वअध्यक्ष उनी प्रवक्ता तथा पूर्वसभामुख अग्नी सापकोटानिकट मानिन्छन्।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्