नेभिगेशन
समाचार

कांग्रेसले बीपी साहित्य महोत्सव ३ गते गर्ने

काठमाडौँ - नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव ३ गते गर्ने भएको छ। महोत्सव आयोजक कमिटीको बैठकले महोत्सवको समापनसभा ३ गते गर्ने निर्णय गरेको छ । यो सभा एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण केही दिन स्थगित भएको थियो । यसलाई असोज ३ गते संविधान दिवसको दिन कार्यक्रम गरेर समापन गर्ने गरि तयारी भएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।

उनका अनुसार स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०ः ३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो।

अन्तिम दिनको कार्यक्रममा सहभागीका लागि राजनीतिक दल नेता, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्ण अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार