Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाण्डौँ महानगरपालिकामा महिला कर्मचारीलाई ऋषि पञ्चमीमा बिदा नदिइने

सोमबार, असोज १, २०८०

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले भोलि (मंगलबार) ऋषि पञ्चमीको दिनमा महिलाहरूलाई बिदा नहुने जनाएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै बिदा नभएको जानकारी दिएको हो।

महानगरपालिका आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भए पनि उक्त दिन बिदा नभएको जानकारी दिइन्। 

‘काठमाडौँ महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा मिति २०८० असोज २ गते मङ्गलवार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भएको भए तापनि उक्त दिन बिदा नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ,’सूचनामा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्