Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिम इलेकट्रोनिक्सको ‘इन्डो एसियन मिट–२०२३’ सम्पन्न 

बुधबार, भदौ २७, २०८०

काठमाडौँ– नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो एसियन मिट–२०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । 

यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोडुलर स्विच)– साईनोरा नेपाली बजारमा ल्याएको छ ।

गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति २ दशकभन्दा बढी भइसकेको छ । यसका उत्पादनहरू मुख्यतया एमसीबी र डिस्ट्रब्युसन बोर्ड  तथा अन्य इलेकट्रिकल कम्पोनेन्टहरू छन् ।

इलेकट्रिकल कम्पोनेन्टहरुले नेपाली बजारमा उनीहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको कम्पनिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्