आज हाम्रो मियो ढल्यो,अभिभावक गुमायौं: महेश बर्तौला

मंगलबार, भदौ २६, २०८०

काठमाडौं - नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख एवं पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् ।

नेम्वाङको निधनको खबरपछि भावुक बन्दै सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’

हृदयाघात भएर नेम्वाङको गएराति निधन भएको छ । नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्