बीपी साहित्य सम्मेलन

बीपी साहित्य सम्मेलन : विभिन्न सत्रमा बहस, ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत

सोमबार, भदौ २५, २०८०

काठमाडौँ– नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन अन्तर्गत सोमबार दोश्रो दिन बिभिन्न सत्रमा बहस भएको छ । 

महोत्सवको दोस्रो दिन ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको छ भने भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘माक्र्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गरिएको थियो । सोक्रममा प्राध्यापक आनन्द कुमारले समाजवादी नेता बीपी कोइरालाले जीवनभर सामान्तवादका बिरुद्ध लडिरहेको बताए । पूँजीवाद असफल भएपछि सामान्तवाद बच्न सकेको भन्दै कम्युनिष्टहरुले पूँजीवादमा पार्टी संचालन गरिरहेको उनको भनाइ छ ।

त्यस्तै, सोमबार नै काँग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरु हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन गरिएको थियो । सो क्रममा मञ्चला झाले देशमा बैकल्पीक शक्ति आएपनि अहिले पनि आस्था र विश्वासको केन्द्रबिन्दु कांग्रेस भएको बताए । उनले व्यवस्था फेरीसकेको भन्दै पार्टी र देशको अवस्था फेर्नुपर्ने बताए ।

त्यस्तै, विपिन अधिकारीले मुलुकको व्यवस्थालाई लगन र निष्टासहित कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । बिभिन्न प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाएर स्थीरता दिन सक्ने बताए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदीप ज्ञवाली लगाएतको उपस्थीतिमा ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा छलफल भएको छ । बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा तीनदिने महोत्सव आयोजना गरिएको हो ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्