Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसिया कप : भारत र पाकिस्तानबिच आज खेल हुँदै

आइतबार, भदौ २४, २०८०

काठमाडौँ - एसिया कप क्रिकेट अन्तर्गत आज  भारत र पाकिस्तानबिच आज खेल हुँदैछ।

श्रीलङ्काको कोलम्बोमा हुने यी दुई बिचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ। खेल श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ।

समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले  बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको छ। भारतको भने यो सुपर फोरको पहिलो खेल हो। सुपर फोरमा समूह ए बाट पाकिस्तान र भारत तथा समूह बी बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन। सुपर फोर मा बङ्गलादेशले दुई वटा खेल खेलिसक्यो। उसले दुवै खेलमा पराजित भोगेको छ। 

यसै विच भारतविरुद्ध खेल्ने पाकिस्तानको प्लेईङ ११ घोषणा भइसकेको छ। बाबर अजामको कप्तानीमा प्लेईङ ११ को घोषणा भएको हो।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्