Nic Ad Nic Ad
Nic Ad Nic Ad
भिडिओ

‘एक भगवत गीता’मा लफाडा:  हिन्दु अतिवादीको चेतावनीपछि निर्माता थापाले भने–आत्मदाह गर्छु

बिहीबार, भदौ २१, २०८०
samridhi jewllers

भिडिओमा– अभिनेत्री झरना थापाले निर्देशन गरेको नयाँ चलचित्र ‘एक भगवत गीता’ विवादको घेरामा तानिएको छ । हिन्दु अतिवादी अभियन्ताले आज चलचित्र विकाश वोर्डमै पुगेर चलचित्रको नाम  ‘एक भगवत गीता’ राखिएकोमा आपत्ति जनाए ।

अभियन्ताहरुले विकाश वोर्डमै पुगेर छलफल गर्दा चलचित्रमा जे जस्तो दृष्य राखेपनि कुनै आपत्ति नभएको तर चलचित्रको नाम हटाउनुपर्ने अन्यथा सांघातिक हमला भए हामि जिम्मेवार हुने छैनौँ भन्दै चेतावनीसमेत दिएको चलचित्रका निर्माता सुनिलकुमार थापाले बताएका छन् ।

निर्माता थापाले हिन्दु अतिवादी अभियन्ताले दिएको दवाबमै चलचित्रको नाम परिवर्तन गर्नुपरेमा अभिनेत्री झरना थापा, छोरी सुहाना थापासहित स–परिवार अमेरिका पलायन हुने बताए । त्यसो गर्ननसके काठमाडौँ मै आत्मदाह गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्