बालेन सचिवालयको प्रतिक्रिया

मेयर पत्नीमाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दनीय : बालेन सचिवालय

आइतबार, भदौ १७, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले लेखेको फेसबुक स्टाटसलाई लिएर उत्पन्न विवादका विषयमा उनको सचिवालयले प्रतिक्रिया दिएको छ । 

मेयर शाहका सचिवालयका स्वकीय सचिव भुपदेव शाहले आइतबार एक विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको उल्लेख गरेका छन् ।

शनिबार राति फेसबुक मार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । फेसबुकमा दिइएको प्रतिकृयाबारे विभिन्न  प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार बालेन दम्पतीका शिशु (मेडिसिटी अस्पताल) एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् । आफ्नो स्वास्थ्य परीक्षण गर्नुका साथै शिशुलाई स्तनपान गराएर घर फर्किंदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक बिदाको दिन प्रयोग गर्न मिल्ने अनुमति लिएको भए पनि त्यतिबेला गाडीमा थिएन । नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो, प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नगरी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गर्‍यो ।’ 

प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तो छ विज्ञप्ति

balen-sachibalaya-PR1693751112.jpg

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्