त्रिशूलीमा मुख धुन खोज्दा खसेर २ जना बेपत्ता

शनिबार, भदौ ९, २०८०

चितवन– भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । 

वनभोज खान गएका उनीहरू दिउँसो  साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् । 

हाल उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्