धार्मिक सद्भाव नबिथोल्न कांग्रेसको आग्रह 

शनिबार, भदौ ९, २०८०

काठमाडौं – नेपाली कांग्रेसका कांग्रेसले धार्मिक सद्भाव बिथोल्नेगरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ ‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन । यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो ।’

धरानको अहिलेको संवेदनशीलतालाई विचार गरेर राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ संस्था एवं समाजका अग्रज व्यक्तिहरु सद्भाव कायम राख्न एकजुट हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक रूपमा गोरू काटिएको घटनापछि अहिले धरानमा धार्मिक विवाद चर्किएको छ । हिन्दूहरूको आस्थामाथि चोट पुगेको भन्दै विभिन्‍न संगठनहरूले शनिबार विरोध प्रदर्शन गरेका छन् । 

congress1693050510.jpg

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्