सारूकको आत्महत्यापछि आईसियुमा पुगेका पिता सानुको निधन

शनिबार, भदौ ९, २०८०

काठमाडौँ–  स्वर्गीय अभिनेता सारुक ताम्राकारका पिता कालाकार सानु ताम्राकारको निधन भएको छ । एक महिनाअघि मात्रै सारुकले आत्महत्या गरेका थिए । 

त्यसयता, विक्षिप्त अवस्थामा रहेका पिता सानु ताम्राकारलाई अस्पताल भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा झन्डै एक महिनादेखि आईसियुमा उनको उपचार भइरहेको थियो ।

सानुको ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको कलाकार कृष्ण मल्लले बताए । नृत्य गुरू सानु ताम्राकारले विभिन्ना टेलिसिरियल तथा चलचित्रमा अभिनय गरिसकेका छन् ।

उनी नेपाल फिल्म सोसाइटीका कार्यकारी सदस्य तथा नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यवहाक अध्यक्ष समेत थिए । उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्