एउटा कर्मठ आईजी अर्याल जसले सशस्त्र प्रहरीमा बढुवाको जाम खुलाइ दिए, खुलाउँदै जानेछन्

बुधबार, भदौ ६, २०८०

काठमाडौंसशस्त्र प्रहरी बल नेपालका महानिरिक्षक (आईजी) राजु अर्यालले लामो समयदेखि जाम रहेको बढुवा प्रक्रियालाई सरल हिसाबले खुलाइ दिएका छन्। उनले बढुवाको यो प्रक्रियालाई अझ सहज बनाउने प्रक्षेपण गरिएको छ।

आईजीको जिम्मेवारी लिएदेखि नै सशस्त्र प्रहरी कर्मचारीका निम्ति सुलभ अवस्था, नयाँ संस्कार स्थापित गरेका आईजी अर्यालले सरुवा र बढुवामा पनि न्यायको नयाँ रीत कोरिरहेका छन्।

मंगलबार मात्र  ५६ जना प्रहरी उपरिक्षक (एसपी)मा  र ८४ जना नायव उपरिक्षक (डिएसपी)मा  बढुवाको लागि नाम सिफारिसको निर्णय गरेर आईजी अर्यालले १७ बर्षदेखिको जाम खुलाएका हुन्।

बढुवा हुने एसपी सि.सं. ३ र डिएसपी सि.सं. ७ का रहेका छन्। २०६० भदौ २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भईसकेका छन् भने बाँकी रहेका सबै ५६ जना मंगलबार एसपी भएका हुन्।

२०६४ सालको सि.सं. ७ बाट यसअघि ५६ जना डिएसपीमा बढुवा भईसकेको छन् भने मंगलबार बाँकी ८४ जना बढुवा भएका हुन्। यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि.सं. ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डिएसपी भएका छन्।

डिएसपी भएका दुवै टोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मुल्याङ्कनलाई आधार बनाएर गरिएको छ। अर्यालले नेतृत्व लिएपछि एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार ४ सय १३ जना  कर्मचारीको एकैपटक बढुवा भएको छ। यस पटक ओ एण्ड एम नभएको भए डिएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो।

करिब १ महिनाको बीचमा एसएसपी १२, एसपी ५६, डिएसपी ८४, इन्सपेक्टर ७३, वरिष्ठ सई ५०, सई १ सय ४३, असई ८२, वरिष्ठ हवल्दार १ सय १८, हवल्दार १ हजार ९ सय २५ र सहायक हवलदारमा ३ हजार ८ सय ७० गरि कुल ६ हजार ४ सय १३ जनाको बढुवा भएका छन्।

एकातिर संगठनमा न्यायको लय स्थापित गरेका आईजी अर्यालले सशस्त्र प्रहरीको व्यवाहारिक पाटोमा पनि नयाँ शिल्पको विकास गरेका छन्। नागरिकसँग सभ्य व्यवाहार, शालिन प्रस्तुतीको नयाँ मार्गचित्रको अभ्यास सुरु गरेका छन्।

सशस्त्र प्रहरीका उच्च अधिकारी भन्छन्,‘संगठन सुधारका निम्ति एउटा न्यायीक संगठन प्रमुखको खाँचो थियो। चिफ साफ त्यसैको उदाहरणका रुपमा व्यवाहारिक हिसाबले प्रस्तुत हुनु भएको छ।

सशस्त्र प्रहरी भनेको जनताको चिन्तक हुने भन्ने मानकका रुपमा आईजी अर्यालले काम गरिरहेका उदाहरणका फेहरिस्त बढ्न थालेका छन्। प्रहरी जनता हुन् र जनता प्रहरी हुन्, प्रहरी भनेको जनताको सदस्य मात्र हो जसले समुदायको हित र अस्तित्वको हितमा हरेक नागरिकको दायित्वमा रहेको कर्तव्यमा पूर्ण समय ध्यान दिन्छ भन्ने सन्देश उनले देखाउन थालेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्