के राष्ट्रपति पौडेल सक्रियता देखाउन खोज्दैछन्?

मंगलबार, भदौ ५, २०८०

काठमाडौंप्रतिनिधि सभामा सहभागी प्रमुख दलबीच संसद खुलाउनका लागि सोमबार राती नै सहमति भयो। तर, यहि विषयलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक डाकी आफ्ना राजनीतिक कुन्ठा पोखेका छन्।

विभिन्न प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाउने र त्यसका लागि कार्यदललाई न्युनतम कामको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायतको बैठकमा सहमति भएपछि मंगलबारका लागि संसद बैठक समेत डाकियो।

तर यहि सन्दर्भमा राष्ट्रपति पौडेलले अर्को बैठक डाक्नु कति स्वभाविक थियो 

उच्च राजनीतिक स्रोतका अनुसार यो अपेक्षित भन्दा अलग विषय नभएको तर पौडेलले राखेको चासो अनपेक्षित जस्तो देखिन्छ। खासगरी उनले संघीयता र सदनप्रतिको गहिरो चासो प्रकट गरेका थिए। तर, सो क्रममा उनले आफू सक्रिय हुन नखोजेको प्रष्टोक्ति समेत दिए।

सक्रिय राजनीति र कार्यकारी प्रमुख हुने लक्ष्य राखेका कारण पौडेलमा सक्रिय हुन खोज्ने लक्षण देखिनु स्वभाविक रहेको कतिपयको टिप्पणी छ। तर, उनले राष्ट्रपतिको भूमिका, जिम्मेवारी र दायराभन्दा माथि उठ्नचाहिँ नहुने सुझाव पनि पाएका छन्।

हामीले दुई कार्यकाल राष्ट्रपतिको भूमिकामा रहेकी विद्यादेवी भण्डारी र एक कार्यकालको सोही जिम्मेवारीमा रहेका डा. रामबरण यादवको सक्रियताका कारण राजनीतिमा आएको तनाव देखेका छौं, स्रोतले भन्यो,‘तेस्रो राष्ट्रपतिबाट राजनीतिक तनावको अवस्था आउन हुन्न भन्ने अपेक्षा सबैले राख्नुपर्छ, त्यो विश्वास दिलाउने काम पौडेलको हो।

यादवका समयमा तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई थमौती गर्दा प्रचण्डले प्रधानमन्त्री पदबाट नौ महिनामा नै राजीनामा गर्नु परेको थियो। भण्डारीको पालामा भने दुई पटक सदन भङ्ग भएको थियो। पौडेलले यस्तो दुश्चक्रको राजनीति नगर्लान् भन्ने विश्वासको खोजी छ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता सहभागी नहुनु भनेको पौडेलको सक्रियतामाथि प्रश्न गर्ने आधार खडा हुनु रहेको कतिपयको टिप्पणी छ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्