समाजवादी मोर्चाको बैठक स्थगित, फेरि सोमबार बस्ने

आइतबार, भदौ ३, २०८०

काठमाडौँ– समाजवादी मोर्चाको आइतबार साँझ ६ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । 

आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक सोमबारका लागि सरेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार मोर्चाको बैठक सोमबार  बिहान ७ ३० बजे बस्नेछ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको चार दलको गत असार ४ गते समाजवादी मोर्चाको घोषणा भएको थियो ।  

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्