Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सरकारले छानविन समिति गठन गर्न नदिएर सुनको तौल घटायो : अध्यक्ष ओली

बुधबार, साउन ३१, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएर सुनको तौल घटेको जिकिर गरेका छन् ।

एमाले उद्योग वाणिज्य तथा आपूर्ति बिभागले बुधबार काठमाडौंमा गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानविन आयोग गर्न गर्नुपर्ने माग गर्दा त्यसलाई अस्वीकार गरेर सुनको तौल नै घटेको जिकिर गरेका हुन् ।

उनले सरकारले छानविन आयोग बन्न नदिएको सफलतामा सय किलोबाट घटेर ६१ किलोमा झरेको बताए । उनले बिमानस्थलबाट किलोका किलो सुन तस्करी हुँदा सडकमार्गबाट त्यो भन्दा पनि बढि सुन तस्करी भएको हुनसक्ने बताए ।

उनले सुन तस्करीमा अरवौंको लगानी गर्ने व्यक्तिलाई लुकाउन उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएको तर्क गरे । ओलीले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेर अरुलाई तर्साउन खाजेको बताए । उनले मुलुकको अर्थतन्त्र कमजोर भएर मुलुकको उद्योगधन्दा अप्ठेरो र बन्दा हुँदा पनि सरकारलाई कुनै चासो नरहेको धारणा राखे ।

ओलीले उद्योगीहरु अप्ठेरोमा पर्दा पनि सरकार अहयोगी र निर्मम साहूजीको रुपमा प्रस्तुत भएको टिप्प्णी गरे ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्