चितवनमा ८ गाडी एकैपटक ठोक्किए, १८ जना घाइते 

बुधबार, साउन ३१, २०८०

चितवन । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा ८ वटा सवारी एकैपटक ठोक्किदाँ १८ जना ३ घाइते भएका छन् ।

महेन्द्र राजमार्गअन्तर्गतको सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक–आपसमा ठोक्किएका हुन् । 

ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ  । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्यमा सक्रिय छ । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्