आवश्यकताभन्दा ज्यादा पानी पिउँदा जानसक्छ ज्यान, झुक्किएर पनि नगर्नुस् यी गल्ती
अमेरिकाको इन्डियाना बस्ने ३५ वर्षकी एशले समर्स आफ्नो परिवारसँग छुट्टीमा गएकी थिइन् । अत्यधिक गर्मीले उनलाई डिहाइड्रेशन भयो । प्यास मेटान उनले धेरै पानी पिइन् र यहीकारण उनको मृत्यु भयो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अहिले यो घटनाले ठूलो चर्चा पाइरहेको छ ।
शरीरमा पानीको कमी हुँदा मानिस रोगी हुनु स्वभाविक हो । तर, के ज्यादा पानी पनि घातक छ । भारतको भोपालस्थित जिएमसी कलेजअन्तर्गतको रेस्पिरेटरी मेडिसिन विभागका एशोसियट प्रोफेसर डा. विकास मिश्रा भन्छन्, ‘ हो एकैपटक अत्यधिक पानी पिउँदा ज्यान जाने खतरा रहन्छ ।’
उनीसँग भारतीय सञ्चारमाध्यम दैनिक भास्करले गरेको कुराकानीको अनुवाद :
एशलेले कति पानी पिएकी थिइन् ?
उनले २० मिनेटमा चार बोतल पानी पिएकी थिइन् । हरेक बोतल आधा लिटरको थियो । अर्थात्, उनले २ लिटर पानी पिएकी थिइन् । त्यसपछि घर पुग्दा बेहोश भइन् । तुरुन्त अस्पताल ल्याइयो, तर होशमा आइनन् ।
वाटर टक्सिसिटी के हो ?
यो यस्तो अवस्था हो, जतिबेला रगतमा सोडियमको मात्रा आवश्यकताभन्दा बढी हुन जान्छ । जब शरीरमा पानीको मात्रा ज्यादा भएर त्यसमा सोडियम घोलिन्छ, तब यस्तो परिस्थिती आउँछ । यसले दिमागका कोषिकाहरु सुन्निन्छ । त्यसपछि शरीरका अंगमा रगतको आपुर्ति बन्द हुन्छ । यसलाई ब्रेन एडिमा भनिन्छ ।
वाटर टोक्सिसिटीको समस्या दुर्लभ हो । तर जब कोही व्यक्तिले जरुरतभन्दा ज्यादा पानी पिउँछ, तब यसमा रहेको इलेक्ट्रोलाइटस् रगतमा डाइल्युट हुन जान्छ । यसलाई हाइपोनाट्रेमियाव पनि भनिन्छ ।
आवश्यकताभन्दा बढी पानी पिएको अवस्था कति थाहा हुन्छ ?
यदी एकैपटक धेरै पानी पिउँदा निम्न लक्षण देखियो भने आवश्यकताभन्दा धेरै पानी पिइएछ भनेर बुझ्नुपर्ने हुन्छ । उल्टी, टाउको दुखाई, दुविधा, थकानलगायत सवाल देखिन्छ ।
आवश्यकताभन्दा ज्यादा पानी पिउँदा के नोक्सान हुन्छ ?
पेट फुल्ने, हृदयघातको जोखिम, वाट पोइजनिङ, सोडियम कम हुने,किड्नीमा असर, सेल्युलर स्वेलिङ, ओभरहाइड्रेशनलगायत समस्या देखिन्छन् । यसलाई थप बिस्तृतमा बुझौं ।
पेट फुल्ने : धेरै पानी पिउँदा पेट फुल्न सक्छ । वान्ता हुने, टाउने दुख्नेजस्ता समस्या देखिनसक्छन् ।
हृदयघातको जोखिम : धेरै पानी पिउँदा रगतमा पानीको लेभल बढ्नसक्छ । हृदयमा यसको खराब असर पर्छ । जसले हृदयघातको जोखिम बढाउँछ ।
वाटर पोइजनिङ : जब धेरै पानी पिउँदा दिमागको कार्यक्षमतामा रुकावट आउँछ, तब यसलाई वाटर पोइजनिङ भनिन्छ । यसले रगतमा पानीको मात्रा बढाउँछ ।
सोडियमको कमी : यदी कोही व्यक्तिले १० लिटर पानी पिउँछ भने उसको रगतमा सोडियमको लेभल कम हुन्छ । यसको सिधा असर मस्तिष्कमा पर्छ । जसकारण, कोमामा पनि जानसक्छ वा मृत्यु पनि हुनसक्छ । म्याराथनमा वा ट्रायाथलोनजस्ता खेलमा सहभागि हुने खेलाडीलाई यसको खतरा धेरै हुन्छ ।
किड्नीमा असर : धेरै पानी पिउँदा किड्नीले वेस्ट मेटेरियललाई बाहिर निकाल्ने धेरै मेहिनत गर्नुपर्ने हुन्छ । यसले हार्मोन रियाक्सन हुन्छ । जसकारण तपाईको स्ट्रेस बढ्छ र थकित महसुस गर्नुहुन्छ । यदी धेरै पानी पिउँदा पनि तपाईलाई पिसाब लाग्दैन भने किड्नीले क्षमताभन्दा कम काम गरिरहेको छ भने बुझ्नुपर्ने हुन्छ ।
सेल्युलर स्वेलिंग : यदी शरीरमा सोडियम निकै कम भयो भने मस्तिष्क र शरीर दुबैका कोशिकाहरु सुन्निन्छन् । यसलाई सेल्युलर स्वेलिङ भनिन्छ । मस्तिष्कका कोषिकाहरु सुन्निदाँ मानिसलाई भ्रम, दुविधा, थकान, मांशपेशीमा कमजोरी, रक्तसञ्चारको समस्यालगायत देखिन्छन् ।
ओभरहाइड्रेशन : यदी तपाई आवश्यकताभन्दा बढी पानी पिउनुहुनछ भने ओभरहाइड्रेशनको समस्या देखिन्छ । यसलाई वाटर इन्टक्सिकेशन पनि भनिन्छ । यसमा वान्ता, टाउको दुखाई, दुविधा, भ्रमलगायत लक्षण देखिन्छन् । अवस्था गम्भिर हुँदा हृदयघात, कोमामा जाने वा मृत्यु हुने खतरा पनि रहन्छ ।
त्यसो भए दिनमा कति पानी पिउनुपर्छ ?
मानिसले आफ्ना स्वास्थ्य, क्षमता, उमेर, जीवनशैली तथा मौसमलाई ख्याल गरेर पानी पिउनुपर्छ । अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सेज, इन्जिनियरिङ एन्ड मेडिसिन विभागका अनुसार
पूरुषले : ३.७ लिटर ।
महिलाले : २.७ लिटर पानी दैनिक पिउनुपर्छ ।
सन्तुलित रुपमा पानी पिउँदाका फाइदा के–के छन् ?
- पाचनप्रणाली राम्रो रहन्छ ।
- शरीरको तापक्रम मेन्टेन रहन्छ ।
- मांशपेशी बलियो हुन्छन् ।
- कब्जियतबाट राहत मिल्छ ।
- तौल नियन्त्रणमा रहन्छ ।
- शरीरका विकारहरु बाहिर निस्कन्छन् ।
- भोक राम्ररी लाग्छ ।
- रोग प्रतिरोधी क्षमता बढ्छ ।
- दिनभर शरीरमा उर्जा कायम रहन्छ ।
- बुढ्यौंली कम हुन्छ, चाउरीपन देखिदैंन ।
- सोरायसिस, एक्जिमाजस्ता छालाको समस्या देखिदैंन ।
- पानीमा रहेका मिनिरल्सले कपालालाई राम्रो बनाउँछ ।
पानी पिउने सही तरिका
बिहान उठेपछि राती हुँदासम्म पानी पिउनका लागि केही नियमको पालना गर्नुपर्ने हुन्छ । भारतको राष्ट्रिय आयुर्वेद संस्थान, जयपुरका आयुर्वेद विशेषज्ञ डा. काशिनाथ समगन्डीले पानी पिउने सही तरिकाबारे भनेका छन् ।
बिहान उठेपछि : उठेपछि खाली पेटमा एक गिलास मनतातो पानी पिउनुस् । यसले पुरा दिन शरीर हाइड्रेट रहन्छ । छाला, कलेजो, किड्नी र आँखासँग जोडिएका समस्या टाढा हुन्छ । शरीरका भित्री अंगहरुलाई सक्रिय गराउनका लागि पानी पिउन जरुरी हुन्छ । यसले शरीरका विकार पनि निकाल्छ ।
खाना खानुअघि : खाना खानुभन्दा ३० मिनेट पहिले पानी पिउनुपर्छ । यस्तो गर्दा खाना मज्जा पच्छ ।
खाना खाएपछि : खाना खाँदाको समय पानी पिउन हुँदैन । खाना खाएको १ घण्टापछि एक गिलास पानी पिउनुपर्छ । तर, खाना अड्किएको छ भने खाँदाखाँदै पनि पानी पिउन सकिन्छ ।
सुत्नुअघि : राति सुत्नुभन्दा एक घण्टाअघि पानी पिउनुपर्छ । यसले शरीरमा पानीको मात्रा कायम राख्छ ।
त्यस्तै दिनमा आवश्यकताअनुसार ठिक्क–ठिक्क पानी पिउन सकिन्छ । प्यास लागेपछि आवश्यकताअनुसार पानी पिउँदा हुन्छ ।
कस्तो अवस्थामा पानी पिउन हुँदैन ?
केही गतिविधि वा अवस्था छन् । जहाँ तुरुन्तै पानी पिउन हुँदैन । चर्को घाममा हिंडेर आएलगत्तै पानी पिउन हुँदैन । खेल्नासाथ पानी पिउन हुँदैन । केही समय आराम गर्नुपर्छ ।
दौडर आउँदा वा जिमपछि, दूध वा तातो चिया पिएपछि, फलफूल खाएलगत्तै, तातो खाना खाएलगत्तै पानी पिउन हुँदैन । केही समय आराम गरेरमात्रै पिउनुपर्छ ।