Nic Ad Nic Ad
Nic Ad Nic Ad
सहकारी पीडित

कलाकार पनि सहकारीबाट पिडित, बसे धर्नामा

सोमबार, साउन १५, २०८०

काठमाडौँ– विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरुको धर्नामा अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी लगायत सहभागी भएका छन् ।

सिभिल सहकारीले आफुहरुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरु धर्नामा सहभागी भएका हुन् । 

सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउदा आफुहरु निकै समस्यामा परेको भन्दै उनीहरुले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन् ।

basundhara bhusal_strike11690809829.JPG

भुसालले सहकारीबाट दुख पाएको तीन बर्ष भएको भन्दै सहकारी सञ्चालकहरुको सम्पती बिक्रि गरेर पीडितलाई न्याय दिनुपर्ने बताइन् ।

उनले आफु लगाएत परिवार १४ जनाको दुई करोड ६० लाख तथा भुवन चैत्य बसुन्धरा फाउण्डेसनकातर्फबाट राखिएको १५ लाख समेत फसेको गुनासो गर्नुभयो । उहाले हजारौ सहकारीको बदमासीलाई सरकारले कारवाही गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्