Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा बम विष्फोट : कम्तीमा ४४ जनाको मृत्यु, दर्जनाैं घाइते

सोमबार, साउन १५, २०८०

पेशावर - पाकिस्तानको उत्तरपश्चिममा एक प्रमुख इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।

खैबर पख्तुनख्वा प्रान्तका प्रहरी महानिरीक्षक अख्तर हयात गन्दापुरलाई उद्धृत गर्दै एएफपीले एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने कार्यक्रममा विष्फोट भएको जनाएको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको खार सहरमा यसै वर्षको अन्त्यमा हुन लागेको निर्वाचनअघि हुन लागेको जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विष्फोट गराइएको अनुमान प्रहरीले गरेकाे छ ।

कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।  तर इस्लामिक स्टेट (आईएस) समूहको स्थानीय अध्यायले हालै उलेमा–ए–इस्लाम  आक्रमणहरू गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार