Nic Ad Nic Ad
Nic Ad Nic Ad

नगरप्रहरीले ज्यादती गरेको भन्दै साना व्यापारीको प्रदर्शन

शनिबार, साउन १३, २०८०

काठमाडौँ– नगरप्रहरीले ज्यादती गरेको भन्दै सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरुले काठमाडौँ महानगरको कार्यालय अगाडी प्रदर्शन गरेको छ । 

आफुहरुलाई गरिखान नदिएको र नगर प्रहरीहरुले चरम ज्यादती गरेको भन्दै साना व्यापाहरीले भृकुटिमण्डपस्थित महानगरको कार्यालय अगाडी आज प्रदर्शन गरेका हुन् ।

ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरुलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुले जनाएका छन् । ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सबैलाई गरिखान दिन अन्य स्थानमा विकल्प दिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले ‘बालेन–सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो, गरिब होइन गरिबी हटाऊ’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्